लेबनानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घ चिन्तित



संयुक्त राष्ट्रसङ्घले लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ चिन्तित रहेको जनाएको छ । पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो सङ्क्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको छ ।

गत वर्षअघि लेबनानको राजधानी बेरुतमा रहेको एक बन्दरगाहमा भएको विस्फोटपछि देशको अवस्था निकै कमजोर भएको बताइएको छ । त्यसैगरी त्यहाँ पछिल्लो समयमा कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण पनि अवस्था निकै गम्भीर हुँदै गएको पनि जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले त्यहाँको आर्थिक तथा स्वास्थ्यसम्बन्धी अवस्था निकै नै कमजोर भएको अवस्थामा राजनीतिक सङ्कट पनि गहिरिँदै गएको र यहाँका विपक्षी दलले निरन्तर प्रदर्शन गर्ने गरेकोले कोभिड–१९ को महामारी बढ्दै गएको बताएको छ । पछिल्लो समयमा आर्थिक अवस्था बिग्रिँदै गएको र खाद्यान्नको मूल्य पनि कम्तीमा पनि ४०० प्रतिशतका दरले बढ्दै गएकोतर्फ सबैको ध्यान पुग्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ