भारतमा थप ३० हजारलाई कोरोना संक्रमण



भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, चार हजार ९५८ रहेका छन् ।

यो संख्या कूल सङ्क्रमितको १.२८ प्रतिशत हो । गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण कूल मृतकको सङ्ख्या चार लाख २५ हजार १९५ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ८८७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड आठ लाख ९६ हजार ३५४ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् ।

हालसम्म यहाँ ४७ करोड १२ लाख ९४ हजार ७८९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १६ लाख ४९ हजार २९५ जनाको कोरोना परीक्षण भएको थियो । भारतमा गत जनवरी १६बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४७ करोड ८५ लाख ४४ हजार ११४ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा