अस्ट्रेलियाको सिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन



अस्ट्रेलिया सरकारले सिड्नीमा थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको छ । गत जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरियन्टका कारण झन्डै तीन हजार मानिस सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । पाँच सातायता लकडाउन जारी रहे पनि देशको सबैभन्दा ठूलो सहर सिड्नीमा सङ्क्रमण फैलिने क्रम जारी छ ।

शुक्रवार थप १७० जनामा सङ्क्रमण पुष्टि भएको छ । तर लकडाउन कार्यान्वयनका लागि सैन्य हस्तक्षेपबारे प्रश्न उठेको छ। धेरै मानिसले त्यसलाई अनावश्यक मानेका छन् ।

कम्तीमा अगस्ट २८ तारिखसम्म कायम रहने लकडाउनले मानिसलाई आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ ।

अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू धेरै सङ्क्रमण फैलिएका स्थानहरूमा लकडाउनसम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिनेछन् । लकडाउनमा १० किलोमिटरभन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ ।

स्टेट पुलिस मिनिस्टर डेभिड एलिअटले सिड्नीका केही मानिसले आफूहरूलाई नियम लागु नहुने ठान्ने भएकाले पछिल्लो कदम सहयोगी हुने बताएका छन् । स्वास्थ्य अधिकारीहरूद्वारा उपलब्ध गराइएको सूचनाअनुसार मुख्यतया अनुमतिमा हुने गरेका हिँडडुलका कारण नै सङ्क्रमण बढिरहेको सङ्केत पाइएको छ ।

सङ्क्रमणले विशेषगरी अत्यावश्यक क्षेत्रमा काम गर्ने मानिसलाई तथा सहरका गरिब एवं जातीय विविधता भएको पश्चिमी क्षेत्र र दक्षिणपश्चिमी बाह्य भेगमा ठूला परिवारहरूलाई प्रभावित पारेको छ । अस्ट्रेलियामा वयस्क जनसङ्ख्यामा खोप लगाउने प्रतिशत १३ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हवाई आक्रमणमा परी नाइजेरियामा नौ जनाको मृत्यु, २३ घाइते

नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु

चीनको सबैभन्दा लामो मानवयुक्त अन्तरिक्ष अभियान सम्पन्न

चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका

कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको पठन पाठनमा समस्या

युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी