भारतमा थप ४३ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५÷४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै गएको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

सोही अवधिमा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत बृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ ।

कुल सङ्क्रमित मध्ये ९७.३८ प्रतिशत सङ्क्रमितहरु अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ स्वाब परीक्षण गरिएको छ । त्यसैगरी अहिलेसम्म कुल ४५ करोड ७ लाख ६ हजार २५७ खोप प्रयोग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ