जुन्ता प्रशासनद्वारा गत वर्षको म्यानमारको निर्वाचन परिणामलाई आधिकारिक रूपमा रद्द



म्यानमारको जुन्ता प्रशासद्वारा नियुक्त गरेको निर्वाचन आयोगको समितिले नोभेम्बरको चुनावलाई औपचारिक रूपमा रद्द गरेको छ । उक्त निर्वाचनमा म्यानमारको सैनिक निकट मानिने दलले निराशाजनक नतिजा पाएको थियो भने नेतृ आङ सान सूची नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले भारीे जीत हासिल गरेको थियो ।

एनएलडीले निर्वाचनमा दुई तिहाई सीट जित्न सफल भएको थियो । निर्वाचन आयोगले निर्बाचन भएका सबै ३१५ इलाकामा एक करोड १३ लाखभन्दा बढी अनियमितता भएको भन्दै निर्वाचन परिणामलाई औपचारिकरूपमा रद्द गरिदिएको छ । क्योडो न्युजका अनुसार सेनाले निर्वाचनमा व्यापक धाँधली भएको बताउँदै आएको छ ।

महामारी र राजनीतिक अस्थिरताका कारण व्यापक बेरोजगारी समस्या भइरहेको म्यानमारमा सेनाको पहलमा हुने निर्वाचनको विश्वसनियतामाथि भने पक्के प्रश्न उठ्नेछ । प्रतिनिधिविहनताको अवस्था पूर्व सत्ताधारी पार्टीको लागि एक विघटन आदेशको प्रस्तावको रूपमा मानिँदै आएको छ ।

नोभेम्बरमा निर्वाचित सांसदहरूले फेब्रुअरी १ मा संसदमा सपथ लिनुभन्दा केही घण्टा अघि नै आङ सान सुचीको सरकारलाई सेनाले अपदस्थ गरी सैनिक नेतृत्वको घोषणा गरेको थियो । अहिले पूर्व सरकारको नेतृत्व, नेतृ सुचीलगायतका एनएलडी नेताहरूलाई सुरक्षा घेरामा राखी सेनाले म्यानमारको सत्ता चलाइरहेको छ ।

सेनाले नै पहिलेको निर्बाचन आयोगका पदाधिकारीलाई हटाएर सैनिक निकट नेतृत्वलाई नै आयोगमा पठाएको एनएलडीलगायतका हालका विपक्षी दलहरूको दावी छ । सेनाले नोभेम्बरमा भएको मतदाता नामावलीमा आफ्ना मात्रै मतदाताको नाम हालेको, निर्वाचन बुथहरू कब्जा गरेकोलगायतका अनियमितता भएको भन्दै निर्वाचन परिणामलाई रद्द गरेको हो ।

सेनाले उचित समयमा पुनः निर्बाचन गरी नेतृत्व जनताका प्रतिनिधिलाई नै सुम्पने बताएपनि यसप्रति म्यानमारको ठूलो राजनीतिक गठबन्धन एनएलडीलगायतका अन्य दलहरूले सेनाको भनाईप्रति इमान्दिारिता नभएको बताउँदै आन्दोलनरत छन् । आन्दोलनका क्रममा म्यानमारमा फेब्रुअरीपछि सयौँ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ गिरफ्तार भएका छन् ।

सेनाले निर्बाचनमा भएको अनियमितताबारे एनएलडी नेतृत्वको सरकारलाई जानकारी गराएको भएपनि उसले निर्वाचन प्रक्रिया र परिणामबारे नसुन्दा सेना अघि सरेर नेतृत्व गर्नुपरेको दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।