भारतमा थप २९ हजारलाई कोरोना संक्रमण



भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका जनाइएको छ ।

गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो ।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाख भन्दा बढी डोज खोप कोरोनाभाइरसविरुद्ध लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानद्वारा आणविक केन्द्र बन्द

  इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

  भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको

जर्मन चान्सलर सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेन शान्तिबारे छलफल गर्ने

  जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती