उत्तर र दक्षिण कोरियाबीच पुनः हटलाइन सेवा सुरु



उत्तर तथा दक्षिण कोरियाले दुई देशबीच उच्च राजनीतिक तहमा आपसी कुराकानी गर्ने सोझो टेलिफोन सम्पर्क हटलाइन फेरि सुरु गरेका छन् । प्योङ्याङले गत वर्ष जुनमा उक्त हटलाइन काटिदिएको थियो । सोलस्थित राष्ट्रपति कार्यालयले जनाएअनुसार दुई देशका शीर्ष नेताबीच विश्वास बनाउने र सम्बन्ध सुधार गर्ने विषयमा सहमति भएको छ ।

ब्लू हाउसका अनुसार उत्तर कोरियाली र दक्षिण कोरियाली नेताबीच अप्रिल महिनादेखि धेरै पटक व्यक्तिगत पत्र आदानप्रदान भएको छ । दुई देशबीचको उच्चस्तरीय वार्ता असफल भएपछि सम्बन्ध बिग्रिएको बेला उत्तर कोरियाले उक्त हटलाइन काटिदिएको थियो । त्यसपछि उत्तर कोरियाले दुई देशबीच सञ्चार गर्न सघाउने उद्देश्यले सीमामा निर्मित एउटा कार्यालय पनि ध्वस्त पारिदिएको थियो ।

उत्तर कोरियाको सरकारी समाचारसंस्था केसीएनएका अनुसार शीर्ष नेताहरूले आपसी विश्वास पुनः स्थापित गर्न तथा मेलमिलापलाई प्रवर्धन गर्न ठूलो पाइला चाल्ने सहमति गरेका छन् ।

उसले भनेको छ, ‘दुई देशका शीर्ष नेताबीच भएको सहमतिअनुसार उत्तर र दक्षिणले जुलाई २७ को १० बजेदेखि अन्तर–कोरियाली सञ्चार सम्पर्क लाइन पुनः सञ्चालन गर्न आवश्यक उपाय गरेका छन् ।’

दुवै देशका प्रतिनिधिहरूले फोनमा तीन मिनेट कुरा गरेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ । उसका अनुसार अर्को फोन मङ्गलवार दिउँसो अनि प्रत्येक दिन गरिनेछ । दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन र उत्तर कोरियाका नेता किम जङ–अनबीच सन् २०१८ मा तीन पटक भेटघाट भएको थियो।

त्यो बेला दुई कोरियाबीचको सम्बन्धमा सुधार आएको थियो । तर किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच दोस्रो शिखर बैठक विफल भएपछि उत्तर र दक्षिण कोरियाको सम्बन्धमा पनि तिक्तता आएको छ । उत्तर कोरियाबाट भागेर दक्षिणमा शरण लिन पुगेका मानिसका समूहहरूले सीमापारि उत्तेजक प्रचार सामग्री पठाउन थालेपछि तनाव झन् चुलिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत