ट्युनिसियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त, संसद पनि भंग



देशभरि हिंसात्मक प्रदर्शनहरू चर्किएपछि ट्यूनिशियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गर्दै संसद् निलम्बन गरेका छन् । सरकारले प्रभावकारी ढङ्गले कोभिड–१९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै आइतबार दशौँ हजार मानिस प्रदर्शनमा निस्केका थिए र प्रहरीसँग उनीहरूको झडप भएको थियो ।

देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति काइस साईदले नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताएका छन् । तर विपक्षीहरूले उनको कदमलाई ‘कू’ अर्थात् सत्तापलटको सङ्ज्ञा दिएका छन् । राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि उनले टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री हिसेम मेशीशीलाई बर्खास्त गरिएको खबर आइतवार अबेर राति सार्वजनिक भएपछि मानिसहरूले हर्षोल्लास गर्दै बाहिर निस्किएका थिए । त्यसपछि राजधानी ट्यूनिसमा राष्ट्रपति साईद पनि भिडहरूमा सहभागी भएका थिए । ट्यूनिसहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन्।

त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । राष्ट्रपति साईदले थप हिंसाहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चेतावनी दिएका छन् । संसद्माथि सम्भावित खतरा छ भने त्यसलाई निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिको दाबी छ ।

तर निलम्बनमा परेको संसद्का सभामुख राशिद गनुशीले ट्यूनिशियाको क्रान्ति र संविधानमाथि कू गरिएको आरोप लगाएका छन् । दश वर्षअघि ट्यूनिशियामा क्रान्तिमार्फत् प्रजातन्त्र स्थापना भएको थियो।

त्यहीँबाट सो क्षेत्रमा अरब क्रान्ति आरम्भ भयो । तर त्यसपछि थप रोजगारी तथा अवसरहरू सिर्जना हुने आशा गरिएको थियो। तर त्यसो हुन नसक्दा मानिसहरू निराश देखिन्छन् । क्रान्तिको एक दशक बितिसक्दा ट्यूनिशिया गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने उसले अफ्रिकाकै सबैभन्दा नराम्रो कोरोनाभाइरस महामारी झेलिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।