अजरबैजानको अदालतद्वारा १३ अर्मेनियाली सेनालाई ६ वर्ष कैदको फैसला



अजरबैजानको अदालतले अर्मेनियाका सशस्त्र सेनाका १३ जनालाई ६ वर्षको जेल सजाय सुनाएको छ । अदालतको उक्त फैसलाप्रति अर्मेनियाले हालसम्म कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत वर्ष अर्मेनिया र अजरबैजानबीच युद्ध भएको थियो । सो क्रममा अजरवैजानको सेनाले अर्मेनियाको फैजलाई नाघोर्नो काराबाखबाट नियन्त्रणमा लिएको थियो । डिसेम्बरमा युद्धविराम भएपछि पनि अर्मेनियाले आफ्नो क्षेत्रमा गैरकानुनी रुपमा प्रवेश गरेको भन्दै ६० भन्दा बढी अजरबैजानका सेनालाई नियन्त्रणमा लिएको थियो ।

तीमध्ये केहीलाई तत्कालै रिहा गरिएको थियो । अदालतको फैसलासँगै ती सैनिक अधिकारीहरुले जेल समाजय भुक्तान गरेपछि मात्र स्वदेश फिर्ता पठाइने अधिकारीहरुले जनाएका छन् । अर्मेनियाका कार्यबाहक प्रधानमन्त्री निकोल पशिन्यानले अदालतको फैसलाअघि अजरबैजानबाट आएका सेनाको बारेमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग पनि छलफल गरेको बताइएको छ ।

यसै महिनाको सुरुमा अदालताले १४ जना अजरबैजानका सेनालाई जेल चलान गरिसकेको छ । रुसका मध्यस्थतापछि अजरबैजानको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नागोरोनो काराबाखमा युद्धविराम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।