लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव



लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी मानिसले सुरक्षित पानीको पहुँच गुमाउने खतरामा रहेको संयुक्त राष्ट्रसङ््घ बाल कोष (युनिसेफ) ले शुक्रबार बताएको छ ।

यूनिसेफका अनुसार लेबनानमा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, ईन्धन र क्लोरीन र स्पेयर पार्ट्स जस्ता आपूर्तिको अभावका कारण आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन्द हुने जोखिम रहेको छ ।

“लेबनानका लागि युनिसेफका प्रतिनिधि युकी मोकुउले भने, “लेबनानको वर्तमान आर्थिक सङ्कटका कारण खानेपानीका उपकरण खरीद प्रक्रिया, मर्मतसुधार, पानीको उचित व्यवस्थापन र वितरण बिद्युतको अभाब र बढ्दो ईन्धन मूल्य लागतको खतराका कारण खानेपानीका स्रोतहरूलाई यथाअवस्थामा राख्न कठिन देखिएको छ । यसले ठूलो जनसङ्ख्या प्रभावित हुनेछ ।”

युनिसेफले सार्वजनिक खानेपानी प्रणाली बिग्रिएमा निजी खानेपानी आपूर्तिकर्ताको लागि पानी जम्मा गर्दा महिनामा पानीको लागत २०० प्रतिशतले बढ्नसक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी