भारतमा थप ३५ हजारलाई कोरोन संक्रमण



भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको कुल सङ्ख्या घटेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख पाँच हजार ५१३ रहेको छ । भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या अहिलेसम्म चार लाख १९ हजार ४७० पुगेको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ४८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले अहिलेसम्म भारतमा ४५ करोड २९ लाख ३९ हजार ५४५ ओटा स्वाब परीक्षण गरिएको छ । पछिल्लो एक दिनमा भने १६ लाख ६८ हजार ५६१ जनाको कोरोना परीक्षण गरिएको परिषदले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.३६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४२ करोड ३४ लाख १७ हजार ३० जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । ती मध्ये ३३ करोड ३९ लाख ४५ हजार १५१ जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् भने अरु आठ करोड ९४ लाख ७१ हजार ८७९ जनाले दुवै खोप लगाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा देशभरी कुल ५४ लाख ७६ हजार ४२३ जनालाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी