बाढीका कारण चीनका एक दर्जनभन्दा बढी सहर प्रभावित



मुसलधारे वर्षाका कारण मध्य चीनका कैयौँ स्थानहरूमा बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् । बाढीले रेल स्टेशन र सडक डुबानमा परेका छन् । ख्वनान प्रान्तका १० हजार भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण गरिएको छ । बाढी सुरु भएयता राजधानी जङ्जोमा कम्तीमा १२ जनाको मृत्यु भएको सरकारी निकायहरूले पुष्टि गरेका छन् ।

मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् । झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको ख्वनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको छ । बाढीका कैयौँ कारणहरू हुन सक्छन्। जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ ।

सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा पूरै सडक डुबानमा परेको र कारसहित अन्य भग्नावशेष तीव्र वेगको पानीमा सुस्त गतिमा बगिरहेको देख्न सकिन्छ । उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ र सेनाले बाँध ’कुनै पनि बेला भत्किन सक्ने चेतावनी दिएको छ ।

जङ्जोबाट प्राप्त भएको अपुष्ट भिडियो फुटेजमा बाढीमा डुबेको सबवे अर्थात् भूमिगत रेलमार्गमा मानिसहरूको काँधसम्म पानी भरिएको देखिएको छ ।

मानिसहरू पानीको सतह भन्दा माथि रहनका लागि रेलको सिटमा उभिँदै गर्दा उद्धारकर्ताहरूले डोरीको प्रयोग गरी उनीहरूलाई तानिरहेको देख्न सकिन्थ्यो । त्यहाँ कति मानिस फसेका छन् भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन तर हालसम्म सयौँको उद्धार गरिएको बताइएको छ ।

एउटा मुख्य अस्पताल पनि पानीमा डुबेको बताइएको छ । जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी