अमेरिकी राष्ट्रपति र जोर्डनका राजाबीच भेटवार्ता



अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्धिपक्षीय हित र अन्य आपसी सम्बन्धका विषया वार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच सोमबार भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।

त्यस क्रममा उनीहरुबीच अन्य क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ । जोर्डनका राजा अब्दुल्लाह द्धितीय हाल अमेरिका भ्रमणमा छन् । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको बताएका थिए ।

इजरायल प्यालेस्टाइनबीचको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गरेको पनि विज्ञप्तिमा जनाइएको छ । हालैमात्र इराकको राजधानी बगदादमा इराक, जोर्डन र इजिप्टका बीचमाम त्रिपक्षीय सम्मेलन पनि भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले सम्मेलनमा जोर्डनको भूमिकाको सराहना गरेको ह्वाइट हाउसले जनाएको छ । उनीहरुबीच सिरियाको बारेमा पनि कुराकानी भएको थियो । उनीहरुले सिरियामा शान्ति स्थापनाका लागि आवश्यक सहयोग गर्ने बारेमा पनि छलफल गरेका जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस

अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका