इराकमा बम आक्रमणमा परी कम्तीमा २५ को मृत्यु, कैयौँ घाइते



इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको भने दर्जनौँ घाइते भएका छन् । विस्फोटन एउटा व्यस्त बजारमा भएको थियो । सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो ।

पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो । इस्लामिक स्टेट (आईएस) समूहले घटनाको जिम्मेवारी लिएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो ।

तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए । गत अप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो ।

उसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको छ । त्यो राजधानी बगदादमा पछिल्लो तीन वर्षमा भएको सबैभन्दा घातक बम आक्रमणको घटना थियो ।

सुरक्षा स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार सोमबारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि थिए । केही पसलहरूमा आगलागी भएको उनीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी