अफगानिस्तानमा सुरक्षा कारबाहीमा करिव एक हजार तालिबान लडाकूको मृत्यु



अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् । कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ ।

ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकूहरुले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकूहरुका बीचमा ठूलो भिडन्त भएको थियो । तालिबान लडाकूहरुको नियन्त्रणमा रहेका ठाउँहरुलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस

अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका