पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन



पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो ।

पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ आँै पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए ।

गत वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उनलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उनको उपचारका क्रममा निधन भएको हो । हुसेनका श्रीमती र तीन छोरा छन् ।

राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गरेका छन् । उनले हुसेनको परिवारको पीडा पनि साझा भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

  युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको

थाइल्यान्डमा यस वर्षसम्म अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

  थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ ।

केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप