अमेरिकाले अफगानिस्तानबाट दोभासेहरूको उद्धार गर्ने



अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूलाई उसले उद्धार गर्न लागेको छ । अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा आफ्ना सेना फिर्ता लिने समय सीमा तोकेसँगै ह्वाइट हाउसले पछिल्लो तयारी गरेको हो । ‘यी बहादुर व्यक्तिहरू हुन्। उनीहरूले विगत धेरै वर्षहरूमा खेलेको भूमिकालाई हामी सम्मान गर्न र त्यसको महत्त्व बुझ्न चाहन्छौँ,’ ह्वाइट हाउसकी एक जना प्रवक्ता जेन साकीले एउटा पत्रकार सम्मेलनमा भनिन् ।

रोयटर्स समाचार संस्थासँग बोल्दै एक जना अधिकारीले सुरुवाती चरणमा झन्डै २,५०० जनालाई उद्धार गरिने र उनीहरूको भिसासम्बन्धी कामहरू भइरहँदा उनीहरूलाई अमेरिकामै वा अन्य कुनै राष्ट्रमा अमेरिकी सेनासँगै राखिने बताए । हालैका साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन् ।

उनीहरूले शृङ्खलाबद्ध रूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका छन् । त्यसमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू समेत रहेका छन् ।

२० वर्षअघि अमेरिकी अतिक्रमणका कारण अतिवादी इस्लामिक सशस्त्र समूह तालिबान सत्ताबाट बाहिरिन बाध्य भएको थियो । तालिबानले अहिले कैयौँ मुख्य सडकहरूलाई पनि आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

उनीहरूले प्रमुख सहरहरूमा आपूर्ति बन्द गराउन खोजिरहेका छन् । सोभियत–अफगान युद्धलगत्तै भएको गृहयुद्धपछि सन् १९९६ मा कट्टरपन्थी इस्लामवादी तालिबान आन्दोलनले अफगानिस्तानको शक्ति हत्याउन सफल भएको थियो । पछि उनीहरूलाई अमेरिकी नेतृत्वको फौजले आक्रमण गरी विस्थापित गरिदियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा