पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, नौ जनाको मृत्यु



पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ भने अरु ३९ जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेका थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ ।

बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन् । प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।

बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

यहाँका सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पतालसम्म पुर्याएका छन् । उनीहरु उद्धारको काममा खटिरहेका बताइएको छ । यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन । यहाँका सुरक्षाकर्मीहरुले बम हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु

युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल

अफगानिस्तानमा भएको विस्फोटमा तीनको मृत्यु, पाँच घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु