कोभिड अस्पतालमा आगलागी हुँदा दक्षिणी इराकमा ४१ जनाको मृत्यु



इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

दक्षिणी इराकको नशिरिया शहरस्थित अल हुसेन अस्पतालको कोभिड वार्डमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । सो वार्डमा ६० जना बिरामी रहेको बताइएको छ ।

अन्य घाइतेहरुको उपचार भइरहेको त्यहाँको सरकारले जनाएको छ । मृत्यु हुनेमध्ये स्वास्थ्य कर्मीसमेत रहेको बताइएको छ । इराकमा आगलागीको यो दोस्रो घटना हो ।

प्रधानमन्त्री मस्तफा अल कमिधिले सो क्षेत्रमा आपतिकालीन अवस्था घोषणा गरेर घाइतेहरुको उद्धारमा लाग्न निर्देशन दिएका छन् ।अस्पताल परिसरमा बिरामी र मृतकका आफन्तको भीड लागेको छ । यसअघि गत अप्रिलमा भएको घटनामा ८२ जनाको मृत्यु भएको थियो ।

अस्पतालको अक्सिजन भण्डारमा आगलागी भएर सिलण्डिर विस्फोट हुँदा ११० जना घाइते भएका थिए । सो घटना लगत्तै तत्कालीन स्वास्थ्यमन्त्री हसन अल तामिमीले राजीनामा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाह आक्रमणले ‘मानवीय विपत्ति’ निम्त्याउने गुटेरेसको चेतावनी

  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’

एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै

  एक तिहाइभन्दा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणले

मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

  युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको

थाइल्यान्डमा यस वर्षसम्म अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

  थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ ।