दक्षिण कोरियाली राष्ट्रपति मूनप्रति जनविश्वास बढ्दो



दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ ।

मार्चपछि १८ हप्तामा उनीप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ ।

राष्ट्रपति मूनको आचरणको नकारात्मक मूल्याङ्कन पहिलेको हप्ताको तुलनामा गत हप्ता ३.२ प्रतिशत अङ्कले घटेर ५४.९ प्रतिशतमा झरेको छ । मूनको डिमोक्रेटिक पार्टीप्रतिको समर्थन गत हप्ता ३.३ प्रतिशतले वृद्धि भई ३२.९ प्रतिशत पुगेको छ ।

दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत हप्ता ३७.१ प्रतिशत समर्थन मिलेको छ । यो अघिल्लो हप्ताको तुलनामा ०.६ प्रतिशतले बढी हो ।

अर्को  दल ओपन डिमोक्रेटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३.५ प्रतिशत समर्थन कायम भएको छ ।  यहाँको सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर यहाँ सबैभन्दा बढी संक्रमणमा परेको शहर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

  इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५

रुसको बेलगोरोडमा युक्रेनी सेनाको गोलाबारी

युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय

हमासले बन्धक रिहा गरेलगत्तै इजरायल र हमासबीच युद्धविराम सम्भवः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम