ब्राजिलमा कोरोना संक्रमणबाट थप ५९५ जनाको मृत्यु



कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिडबाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ ।  ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको ज्यान गएको हो ।

यसका यहाँ यो संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ । त्यसैगरी यहाँ कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब २१ हजार जना रहेको छ ।

यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९० लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा देखियो रङ्गीन प्रकाश

पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक

हमासद्वारा गाजामा बन्धक बनाइएका एक व्यक्तिको भिडियो सार्वजनिक

  हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक

इराकले भन्यो-अब देशमा राष्ट्रसङ्घीय सेना आवश्यक छैन

  इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम

बाढीमा परी अफगानिस्तानमा तीन सय भन्दाबढीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको