भारतमा चट्याङ लागेर ३९ जनाको मृत्यु



भारतको जयपुर सहरमा चट्याङका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबारको घटनामा अन्य धेरै जना घाइते भएका छन् । पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घटना भएको बताइएको छ ।

त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेका र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ । सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ ।

एक जना वरिष्ठ प्रहरी अधिकारीले सञ्चारकर्मीहरूलाई बताए अनुसार किल्ला पर्यटकहरू माझ चर्चित छ। उनका अनुसार मृत्यु हुनेमा अधिकांश युवाहरू छन् । राजस्थानका विभिन्न स्थानमा आइतबार नै चट्याङका कारण थप नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृत्यु हुनेहरूका परिवारलाई क्षतिपूर्ति बापत ५ लाख रूपैया दिने घोषणा गरेका छन् । भारतको उत्तर प्रदेश राज्यमा पनि चट्याङ लागेर २८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । तीमध्ये १३ जनाको मृत्यु प्रयागराज भनिने स्थानमा भएको बताइएको छ ।

तीव्र वर्षा हुने भारतको मनसुन सामान्यता जून महिनादेखि सेप्टेम्बर महिनासम्म कायम रहन्छ । भारतको मौसम सम्बन्धी विषय हेर्ने निकाय इन्डिएन मेटेरोलोजिकल डिपार्टमेन्टले जलवायु सङ्कट लगायतका विषयका कारण सन् १९६० यता भारतमा चट्याङका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या दोबर भएको जनाएको छ । त्यस्तै १९९० को सुरुवातदेखि मध्यतिरसम्म चट्याङका घटनाहरूमा पनि ३० देखि ४० प्रतिशत वृद्धि भएको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

  मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमा

अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, ६० जना घाइते

  अर्जेन्टिनाको ब्युनस आयर्समा  एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब

कम्बोडियाद्वारा ‘ई–सिगरेट’ सेवन नगर्न नागरिकलाई आह्वान

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले मानिसहरूलाई विशेषगरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन नगर्न आह्वान गरेको छ ।

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

  अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको