भारतमा थप ४१ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका हुन् ।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ५४ हजार ११८ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या चार लाख आठ हजार ४० पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा दुई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२० प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारणमा बृद्धि

संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई

मिशुस्टिनलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गर्न पुटिनको प्रस्ताव

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिशुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको