वायु प्रदूषण कम गर्ने कार प्रदर्शनीमा



गुड्दै गर्दा वायुबाट प्रदूषण कम गर्ने कार ब्रिटेनको गुडवुड फेस्टिभल अफ स्पीडमा प्रदर्शनीमा राखिएको छ । ब्रिटिश डिजाइनर थोमस हिथरविकले निर्माण गरेको एरो कार सन् २०२३ मा चीनमा उत्पादन हुने बताइएको छ ।

सो कार प्रदूषण कम गर्ने गरी मात्र नभई ठाउँको पनि बचत हुनेगरी बनाइएको हिथरविकले बताएका छन् । तर आलोचकहरूले यो कार प्रदर्शनीका लागि मात्रै उपयुक्त हुने भन्दै शङ्का व्यक्त गरेका छन् । हिथरविक गुगलको क्यालिफोर्निया र लन्डनको कार्यालय एवम् लन्डनको रुटमास्टर बस डिजाइन गरेर विश्व चर्चित बनेका डिजाइनर हुन् ।

उनले बीबीसीलाई आफूले यसअघि कहिल्यै कार डिजाइन नगरेको तर चिनियाँ निर्माताको सोचले प्रभावित भएको बताए । गत अप्रिलमा साङ्घाई कार प्रदर्शनीमा पहिलोपटक देखाइएको सो कारमा ठूलो सिसाको छानो छ ।

भित्र भने कोठा जस्तो गरी यताउता सार्न र खाट बनाउन मिल्ने मेच र खाना वा बैठकका लागि सानो टेबुल छ । यसको ह्यान्डल लुकाउन मिल्छ र बाहिर पानीको छालजस्तो बनाइएको छ । एरोको बाहिरी भागले हावाको बहावलाई मात्रै प्रतिबिम्बित नगरी अगाडिको भागले एक वर्षमा एउटा टेनिसबल जति हावाको प्रदूषित कण सङ्कलन गर्ने हिथरविकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका

म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३, ८९ जना बेपत्ता

याङ्गुन । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

युक्रेन। युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका