भारतको केरलामा जिका भाइरसको सङ्क्रमण



भारतको केरला राज्यका स्वास्थ्य अधिकारीहरूले १४ वटा जिका भाइरसको सङ्क्रमणका घटना पहिचान भएपछि राज्यका सम्पूर्ण जिल्लाहरूमा स्वास्थ्य सतर्कताको घोषणा गरेका छन् । केरेलाकी स्वास्थ्यमन्त्री बीना जर्जले त्रिभन्द्रम जिल्लामा सङ्क्रमणहरू देखिएको पुष्टि गरेकी हुन्।

सन् २०१६–१७ मा भारतको पश्चिमी राज्य गुजरातमा जिकाको सङ्क्रमण भएको विवरण आएका थिए । लामखुट्टेका कारण सर्ने जिकाका कारण बालबालिकाको मस्तिष्कका कोषहरू सुक्दै जाने र एउटा दुर्लभ प्रकारको पक्षाघातजस्तै रोग गिया ब्यारे सिन्ड्रोम देखिने बताइन्छ । अधिकांश अवस्थामा लामखुट्टेका कारण यो भाइरस सर्ने भने पनि यौनसम्पर्क गर्दा पनि जिका सर्ने गरेको पाइन्छ । सबै नयाँ सङ्क्रमणका घटनाहरू जिल्लाका स्वास्थ्यकर्मीहरूमा देखिएका हुन् ।

जर्जले जारी गरेको विज्ञप्तिका अनुसार जिका भाइरस सङ्क्रमण पुष्टि भएकी पहिलो बिरामी सीमा जोडिएको राज्य तामिलनाडुकी एक जना २४ वर्षकी गर्भवती महिला थिइन् । उनलाई जुन २८ तारिखमा टाउको दुख्ने, ज्वरो आउने र छालामा रातो डाबर देखिने लक्षण सहित त्रिभन्द्रमको अस्पतालमा भर्ना गरिएको थियो ।

बुधवार उनले सन्तान जन्माएकी छन् । शुक्रवार संवाददाताहरूसँग बोल्दै उनले जारी मनसुनले लामखुट्टेहरूको विस्तारमा सघाइरहेको उल्लेख गरिन् । केरलाका स्वास्थ्य सचिव डा. राजन खोब्रागाडेले सरकारले सङ्क्रमण देखिएका स्थानमा निगरानी टोलीहरू खटाएको र मानिसहरूलाई उक्त सङ्क्रमणबारे जानकारी दिइरहेको बताए।

उनले गर्भवती महिलाहरूसँग कुराहरू गरिरहेको र विवाहितहरूलाई पनि परामर्श दिइरहेको जनाए । केरला कोभिड–१९ को दोस्रो लहरसँग जुझिरहेको छ र पछिल्लो सात दिनमा कूल परीक्षणमध्ये त्यहाँ १० प्रतिशतभन्दा बढीलाई सङ्क्रमण भइरहेको पाइएको छ । सन् २०२० को जनवरीमा भारतमा पहिलोपटक कोरोनाभाइरस सङ्क्रमण पनि केरलाबाटै पुष्टि भएको थियो ।

जिका भाइरस सबैभन्दा पहिले युगान्डाको जिका जङ्गलमा बस्ने बाँदरहरूमा सन् १९४७ मा देखिएको बताइन्छ । तर यसलाई सन् १९५२ मा औपचारिक रूपमा अलग्गै भाइरसका रूपमा व्याख्या गरिएको थियो । तर अनुसन्धानकर्ताहरूले भारतमा उल्लेख्य सङ्ख्यामा व्यक्तिहरू यो भाइरसको सम्पर्कमा आएको बताएका थिए ।

उनीहरूका अनुसार जिका सङ्क्रमणको देखिएका १९६ मध्ये ३३ जनामा प्रतिरोधी क्षमता पाइएको थियो । सन् २०१६ र सन् २०१७ मा भारतको पश्चिमी राज्य गुजरातको अहमदाबाद सहरमा जिका भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान

  साइप्रसका विदेशमन्त्रीले  मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा

रफाहमा इजरायलको कदमले युद्धविराम वार्तालाई अवरोध गर्ने उद्देश्य राखेको हमासको भनाइ

  हमासका एक अधिकारीले बिहीबार इजराइलमाथि प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम

कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा टापु बन्द

  व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको राष्ट्रिय

‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट