जापानले ताइवानलाई दियो ११ लाख ३० हजार डोज खोप



जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो ।

ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइ दिएकोमा जापानलाई धन्यवाद दिए । जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले भने ताइवानलाई जापानले गरेको सहयोग असल मित्र देशको रुपमा गरिएको बताए । अप्ठ्यारोमा परेको एउटा देशलाई अर्को मित्र देशले सहयोग गर्नु स्वभावित दायित्व अन्तर्गन पर्ने पनि उनले उल्लेख गरेका छन् । उनले जापानले दिएको खोपले ताइवानमा कोरोनाभाइरसको महामारी न्युनिकरणकालागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

जापानले ताइवानलाई यसअघि जुन ४ तारिखमा पनि अष्ट्राजेनिकाकै १२ लाख ४० हजार खोप प्रदान गरेको थियो । चीनसँग जापान र ताइवानको सम्बन्ध कमजोर हुदै गइरहेका बेला जापानले ताइवानलाई ठूलो संकटमा राहत पुग्नेगरी सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारणमा बृद्धि

संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई

मिशुस्टिनलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गर्न पुटिनको प्रस्ताव

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिशुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको