दक्षिण कोरियामा चौथो ‘वेभ’ प्रवेश



दक्षिण कोरियामा कोभिड-१९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । पछिल्लो २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् ।

योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।

बुधबार मात्र पनि यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । यहाँ बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् ।

दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । त्यो संख्यामा बृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमितहरु पाइएको जनाइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ ।

यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् ।

बिहीबार देखिएका यी सङ्क्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्काे वेभमा प्रवेश गरेको बताइएको हो ।

यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा