जर्मनीले पर्यटकहरूमाथि लगाएको प्रतिबन्ध हटाउँदै



जर्मनीले कोभिडका कारण वेलायत र नेपालसहित अन्य तीन देशका यात्रुहरूमा लगाएको प्रतिबन्ध हटाउँदै छ । पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत लागु गरिएको प्रतिबन्ध बुधवारबाट हटाइने भएको हो ।

पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीनमासमेत बस्नु नपर्ने बताइएको छ । खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ । तर उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टीनबाट बाहिरिन पाउने छन् ।

हालसम्म यी पाँच राष्ट्रहरूलाई डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरियन्ट फैलिएका कारण ’भाइरस भेरियन्ट एरियाज’’का रूपमा वर्गीकरण गरिएको थियो । उक्त भेरियन्ट सुरुमा भारतमा पहिचान भएको थियो ।

जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । यी पाँच राष्ट्रहरूलाई अब ’हाइ इन्सिडेन्स एरियाज’ अर्थात् सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा कोभिडसम्बन्धी नियमहरू जुलाई १९ तारिखबाट हटाउने आफूहरूले अपेक्षा गरिरहेको पुष्टि गरेको केही घण्टामा जर्मनीले प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्ने बताएको हो ।

अबको दुई सातामा इङ्गल्यान्डमा सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनुपर्ने नियम हटाइने अपेक्षा गरिएको छ । जोनसनले खोप कार्यक्रमले नयाँ सङ्क्रमण र मृत्युबीचको सम्बन्ध तोडिदिएको बताएका छन् । तर डाउनिङ स्ट्रीटमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महामारी अन्त्य भई नसकेको र थप मानिसहरूको मृत्यु हुने उनले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

  युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको

थाइल्यान्डमा यस वर्षसम्म अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

  थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ ।

केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप