इन्डोनेशियामा दोस्रो डोज खोप लगाउने ३० स्वास्थ्यकर्मीको मृत्युपछि तेस्रो डोजको बहस



पूर्ण मात्राको खोप लगाइसकेपछि पनि फेब्रुअरी र जून महिनाबीचमा इन्डोनेशियामा कम्तीमा २० जना डाक्टर र १० नर्सको मृत्यु भएको देशको डाक्टर तथा नर्सहरूको सङ्गठनले जनाएको छ ।

विज्ञहरूले यतिखेर स्वास्थ्यकर्मीहरूलाई तेस्रो सिनोभ्याक खोप दिन माग गरिरहेका छन् । नयाँ भेरियन्टका कारण दक्षिण पूर्वी एशियाली देशमा यतिखेर सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा रहनुका साथै समाधिस्थल र अस्पतालहरूमा चाप बढेको देखिन्छ । जकार्ता नजिकैको एउटा खोप केन्द्रमा सयौँको एउटा भिड जबरजस्ती भित्र छिर्न खोजिरहेको थियो ।

त्यहाँका सुरक्षाकर्मीले भित्र ठाउँ नरहेको भन्दै उनीहरूलाई धैर्य हुन आग्रह गरिरहेका थिए । २५ करोड जनसङ्ख्या भएको देशमा ८ प्रतिशतभन्दा कम मानिसहरूले मात्र खोप लगाएका छन् । डेल्टाजस्ता नयाँ भेरियन्टका कारण नाटकीय ढङ्गले सङ्क्रमितहरू बढ्न थालेपछि मानिसहरू खोप सुरक्षा लिनका लागि व्यग्र देखिन्छन् ।

इन्डोनेशियामा सबैभन्दा खराब कोभिडको प्रकोप देखिँदा अहिलेसम्म ५७ हजारले ज्यान गुमाइसकेका छन् भने २१ लाखभन्दा धेरैमा कोभिड सङ्क्रमण पुष्टि भइसकेको छ।

गत महिना इन्डोनेशियाको रेडक्रसले त्यहाँको अवस्थालाई धान्न नसकिने कोभिड–१९ आपत्को धारमा रहेको जनाएको थियो । उसले त्यसो भनिरहँदा त्यहाँका अस्पतालहरू पूर्ण क्षमतामा सञ्चालित हुनुका साथै अक्सिजनको समेत निकै अभाव हुन पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

  युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको

थाइल्यान्डमा यस वर्षसम्म अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

  थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ ।

केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप