अमेरिकी सेनाले निर्धारित मितिमै अफ्गानिस्तान नछाडे भौतिक आक्रमण गर्ने तालिवानको चेतावनी



तालिवान लडाकूहरुले सेप्टेम्बरपछि अफगानिस्तानमा अमेरिकी सेना रहे जुनसुकै बेला कारवाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकाले यसअघि नै सेप्टेम्बर ११ पछि आफ्ना सबै सेना फिर्ता बोलाउने निर्णय गरिसकेकाले फेरि पनि विभिन्न बहानामा ती सैनिक अफगानिस्तानमा रहे कारवाही गर्ने चेतावनी तालिवानले दिएको हो ।

अमेरिकाले कुटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि करिब एक हजार जना अमेरिकी सेना अफ्गानिस्तानमै रहने जनाएसँगै तालिवान विद्रोहीको यस्तो प्रतिक्रिया आएको हो ।

उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो० गठबन्धनको अमेरिकी सेना विगत २० वर्षदेखि अफगानिस्तानमा रहेको छ । तर पनि अफ्गानिस्तानमा विद्रोहीका हिंसात्मक गतिविधि रोकिएका छैनन् । अफ्गानी सेनाले सुरक्षाको जिम्मा लिएसँगै काबुलको भविष्यबारे चिन्ता बढेको अन्तर्राष्ट्रिय समुदायले बताउँदै आएका छन् ।

यता विद्रोही तालिवानीका प्रवक्ता सुहेल शाहीनले काबुलमा सैन्य कब्जा गर्ने आफूहरुको नीति नरहेको बताए । तर अमेरिकी सेना अझै पनि विभिन्न बहानामा अफगानिस्तानमै रहे भौतिक आक्रमण गर्ने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस

अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका