ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु, ८४ को उद्धार



अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ।

लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । १ सय २७ जना आप्रावासी चढेको उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको बुझिएको छ ।

इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुंगामा क्षमता भन्दा बढी यात्रु सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान

  साइप्रसका विदेशमन्त्रीले  मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा

रफाहमा इजरायलको कदमले युद्धविराम वार्तालाई अवरोध गर्ने उद्देश्य राखेको हमासको भनाइ

  हमासका एक अधिकारीले बिहीबार इजराइलमाथि प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम

कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा टापु बन्द

  व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको राष्ट्रिय

‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट