भारतमा थप ४४ हजारलाई कोरोना संक्रमण, ५७ हजार संक्रमणमुक्त



भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ ।
सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामा रहेका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ ।

कुल सङ्क्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।

यसरी हेर्दा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०६ प्रतिशत रहेको छ । यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

  युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको

थाइल्यान्डमा यस वर्षसम्म अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

  थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ ।

केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप