अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसाय प्रभावित



संयुक्त राज्य अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन् । साइबर सुरक्षा कम्पनी ’हन्ट्रेस ल्याब्स’ का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए ।

त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त र्यानसमवेअर आक्रमण फैलिएको थियो । कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएको छ । उसले आफ्ना ग्राहकहरूलाई आफ्ना सर्भरहरू बन्द गर्न पनि भनेको छ।

रुसबाट उत्पत्ति भएको फिरौती उठाउने साइबर हमलाकारीहरूको समूह ’रीभील’ले उक्त आक्रमण गराएको हुनसक्ने विश्वास हन्ट्रेस ल्याब्सको छ । यसअघि उक्त समूहले मासु प्याकिङ गर्ने प्रणालीलाई ठप्प पारिदिएको आरोप अमेरिकी अनुसन्धान निकाय एफबीआइले लगाएको थियो ।

स्वतन्त्रता दिवसको सप्ताहन्तमा आफ्ना व्यवसाय बन्द गर्नका लागि अमेरिकी कम्पनीहरूले तयारी गरिरहँदा शुक्रवार अपराह्न यो आक्रमण भएको हो । अमेरिकाको साइबर सुरक्षा र पूर्वाधार एजेन्सीले एउटा विज्ञप्तिमा उक्त हमलालाई सम्बोधन गर्न कदम चालिरहेको जनाएको छ ।

कसेयाले आफ्नो कर्पोरेट सर्भर, डेस्कटप कम्प्युटर वा नेटवर्क उपकरण सञ्चालन गर्ने एउटा एपमा ह्याकरहरूले पहुँच कायम गरेको हुनसक्ने जनाएको छ । अहिले नै कुन कुन कम्पनी प्रभावित भए स्पष्ट भइसकेको छैन् ।

कसेयाको वेबसाइटका अनुसार उक्त कम्पनीको उपस्थिति १० वटा देशमा छ र उसका १० हजारभन्दा बढी ग्राहक छन् । रोयर्टस समचार संस्थालाई इमेलमा जवाफ दिँदै हन्ट्रेस ल्याब्सका वरिष्ठ सुरक्षा अनुसन्धानकर्ता जन हेमन्डले उक्त साइबर हमला भीषण भएको बताएका छन् । अमेरिका र रुसले एक अर्काका देशबाट साइबर आक्रमणको उत्पत्ति हुने गरेका आरोप लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको निर्देशन

बीबीसी । अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका वैदेशिक सहायता तत्कालका लागि रोक लगाउन

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका

अमेरिकासँग कुनै व्यापार युद्ध नहुने मेक्सिकोका राष्ट्रपतिको भनाई

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति

श्रीलङ्कामा वर्षाका कारण २७ हजार परिवार विस्थापित

कोलम्बो । श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना