चीनद्वारा पाकिस्तानलाई थप बीस लाख खोप प्रदान



पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् ।

खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो । चीनको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पुर्याएको हो ।

कोरोनाभाइरस नियन्त्रण तथा व्यवस्थापनको मुख्य जिम्मेबारी दिइएको राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय बजारबाट अरु खोप पनि ल्याउने प्रयास गरिरहेको छ ।

अहिले चीनबाट ल्याइएको खोप देशभरी रहेका खोप केन्द्रहरुमा पठाइने र त्यहीबाट आम नागरिकलाई लगाइने अधिकारीहरुले जनाएका छन् । पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ५० हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

ती मध्ये ९३० जना बुधबार थपिएका हुन् । राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयका अनुसार बुधबार थप ३९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्या २२ हजार ७३ पुगेको छ ।

पाकिस्तानमा यसअघि पनि चीनबाट नै दश लाख मात्रा सिनोफार्मा खोप प्राप्त भएपछि देशव्यापी खोप अभियान संचालन गरिएको थियो । गत मार्चमा संचालन भएको सो खोप अभियानअन्तर्गत अग्रपंक्तिमा खटिएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई खोप सेवा उपलब्ध गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक