आफ्नो पानीजहाजमा रुसले गोली नचलाएको वेलायतको भनाइ



रुसको सेनाले ब्ल्याक सी मा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप प्रहार गरेको भनाइलाई ब्रिटेनले अस्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयले ब्रिटिश पानीजहाज एचएमएस डिफेन्डर क्राइमिया नजिकै रुसी जलक्षेत्रमा प्रवेश गरेपछि गस्ती गरिरहेको एउटा रुसी लडाकु पानीजहाजले गोली प्रहार गरेको र अगाडिको जलमार्गमा एउटा लडाकु विमानले बम प्रहार गरेको जनाएको थियो ।

तर ब्रिटिश रक्षा मन्त्रालयले भनेको छ, ’’एचएमएस डिफेन्डर माथि चेतावनी स्वरूप प्रहार गरिएको छैन।’’ उसले त्यो पानीजहाज युक्रेनको जलक्षेत्रमा रहेको बताएको छ ।

’’रोयल नेभी शीप अन्तर्राष्ट्रिय कानुन बमोजिम युक्रेनी क्षेत्र हुँदै बिना कुनै गलत नियत यात्रा गरिरहेको छ’’ रक्षा मन्त्रालयले भनेको छ । रुसले ब्रिटिश नौसेना रोयल नेभीको डिस्ट्रोइअर लडाकु पानीजहाज उसको जलक्षेत्रमा प्रवेश गरेपछि त्यसमाथि गोली प्रहार गर्नुका साथै अगाडिको जलमार्गमा बम खसालेको बताएको थियो ।

उक्त घटना क्राइमिया नजिकै भएको बताइएको छ, जसलाई रुसले सन् २०१४ मा युक्रेनबाट आफूमा गाभेको थियो । मस्कोका अनुसार उक्त चेतावनी स्वरूप गरिएको कार्वाही पछि एचएमएस डिफेन्डरले आफ्नो बाटो मोडेको थियो ।

इन्टरफ्याक्सले मन्त्रालय स्रोतलाई उल्लेख गर्दै जनाए अनुसार ब्रिटिश दूतावासका रक्षा सहचारी डिफेन्स एट्याशेलाई रुसी विदेश मन्त्रालयमा डाकिएको थियो । एचएमएस डिफेन्डर टाइप ४५ वर्गको लडाकु पानीजहाज हो जुन यूकेको क्यारिअर स्ट्राइक ग्रुप भनिने समूहको एक भाग हो । रोयल नेभीको वेबसाइटका अनुसार उक्त लडाकु पानीजहाज ब्ल्याक सी क्षेत्रमा परिचालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्