भारतमा पछिल्लो २४ घण्टामा ६० हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ ।

त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको पाइएको छ । कोरोनाभाइरसलाई जितेर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको निर्देशन

बीबीसी । अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका वैदेशिक सहायता तत्कालका लागि रोक लगाउन

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका

अमेरिकासँग कुनै व्यापार युद्ध नहुने मेक्सिकोका राष्ट्रपतिको भनाई

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति

श्रीलङ्कामा वर्षाका कारण २७ हजार परिवार विस्थापित

कोलम्बो । श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना