जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको निधन



अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

जाम्बिया मन्त्रिपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उनको निधन भएको पुष्टि गरेका हुन् । उनलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनियाका कारणले उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो ।

जाम्बियाका राष्ट्रपति एडगर लुँगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
“राष्ट्रको अभिभावकको रुपमा रहनु भएका प्रथम राष्ट्रपति काउन्डाको निधनको खबरले म स्तब्ध भएको छ, यो दुःखद समयमा म उहाँको परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु,,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

राष्ट्रपति लुँगुले प्रथम राष्ट्रपति काउन्डालाई अफ्रिकी क्षेत्रकै अनुकरणीय व्यक्तित्वको रुपमा चर्चा पनि गरेका छन् । जाम्बिया बेलायती उपनिवेशबाट मुक्त भएपछि उनी सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए ।

सन् १९५० को दशकमा भएको बेलायती उपनिवेश विरुद्धको आन्दोलनमा उनी प्रमुख आन्दोलनकारी नेताका रुपमा सक्रिय रहेका थिए । आन्दोलन सफल भएपछि सन् १९६४ मा सुरु भएको उनको राष्ट्रपतिको कार्यकाल भने सन् १९९१ सम्म रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका