ट्रम्पको समर्थनमा ओबामाकेयरलाई दिइएको चुनौती अस्वीकृत



अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको माग गर्दै दिइएका चुनौतीलाई खारेज गरेको छ ।

पुरातनवादीहरूप्रति अदालतको झुकाव रहेपनि नौ जना न्यायाधीशहरूमध्ये पक्षमा सात र विपक्षमा दुई जना उभिँदै राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला सुनाएका थिए ।

ओबामाकेयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो । कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बिमासम्मको पहुँच उपलब्ध गराउँछ ।

पहिला नै भएका स्वास्थ्य समस्याका कारण सेवा उपलब्ध नगराउनबाट यसले बिमा प्रदायकहरूमाथि प्रतिबन्ध लगाएको छ । बिहीबारको फैसलाले उक्त कानुनका मुख्य प्रावधान असंवैधानिक रहेको भन्ने दाबीबारे भने जवाफ दिएको छैन । टेक्सस् र १७ वटा अरू रिपब्लिकन शासन भएका राज्यहरूले उक्त कानुनीमाथि चुनौती दिँदै मुद्दा दायर गरेका थिए ।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले उक्त कानुन खारेज गर्ने प्रतिबद्धता जनाएका थिए । रिपब्लिकनहरूले संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण हुँदा त्यसलाई उल्ट्याउने प्रयास गरेका भए पनि विफल भएका थिए ।

यसै महिनाको सुरुमा ह्वाइट हाउसले ओबामा केयरमार्फत ३ करोड १० लाख मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित भएको बताएको थियो । सन् २०१२ मा अत्यधिक विवादका माझ सर्वोच्च अदालतले साँघुरो अन्तरले ओबामाकेयरलाई अनुमोदन गरेको थियो । राष्ट्रपति जो बाइडनले अदालतको फैसलाको स्वागत गर्दै कानुनबाट लाभ पाएकाहरूका लागि महत्वपूर्ण विजय भएको बताए ।

स्वास्थ्यसेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका बाइडनका लागि पनि यो जीत अर्थपूर्ण रहेको छ किनभने उनले उक्त कानुनको दायरा विस्तार गर्न कार्यकारी अधिकार प्रयोग गर्ने बताएका छन् । पूर्व राष्ट्रपति ओबामाले अदालतको फैसलाले आफ्नो कार्यकालको महत्वपूर्ण कानुन रहिरहने सुनिश्चित गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका