चीनका तीन अन्तरिक्षयात्री अन्तरिक्ष स्टेशन प्रस्थान



चीनले बिहीबार आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी तीन अन्तरिक्षयात्रीलाई पठाएको छ । निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउनेछन् ।

पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो । बिहीबार चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् ।

बेइजिङ समयानुसार बिहान ९ः२२ मा गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट सो रकेट प्रक्षेपण गरिएको हो । यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ । गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा छपाङ्ग्रे यान उतारेको छ। यी दुवै काम जटिल र चुनौतीपूर्ण बताइएको छ ।

निहको नेतृत्वमा रहेको मिशनको प्रमुख उद्देश्य २२.५ टनको चिनियाँ अन्तरिक्ष स्टेसनलाई सक्रिय बनाउने रहेको छ । तियन्गोङको १६.६ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ भएको मूल अंश यसअघि नै अन्तरिक्षमा पुर्याइएको थियो । अन्तरिक्ष स्टेशन पूर्ण हुँदा लगभग ७० टनको हुने र त्यसमा आवास, विज्ञान प्रयोगशाला र ठूलो टेलिस्कोप समेत रहनेछ ।

त्यसका थप अंशहरू आउँदा दुई वर्षमा पटकपटक यात्रुसहित वा यात्रुविहीन गरेर पठाइने योजना छ । बुधवार पत्रकार सम्मेलन अगाडिसम्म चिनियाँ अन्तरिक्षयात्रीहरूको नाम प्रकाशित गरिएको थिएन ।

५६ वर्षीय निह अन्तरिक्षमा जाने सबैभन्दा बढी उमेरका यात्री हुन् । उनी हालसम्म दुई पटक अन्तरिक्ष यात्रामा गइसकेका छन्। उनी सन् २०१३ मा १५ दिनका लागि अन्तरिक्षयात्रामा गएका थिए । उनका सहयात्री ५४ वर्षीय लिउ र ४५ वर्षीय थङ दुवैजना पूर्वसैनिक हुन् । लिउसँग सन् २००८ मा पनि अन्तरिक्षमा गएका थिए ।

थङ पहिलो पटक अन्तरिक्षमा गएका हुन् । सन् २०१९ मा चीन चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा यान अवतरण गराउने पहिलो राष्ट्र बन्यो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन योजनामा सहभागी नगरिएकोले चीनले आफ्नो छुट्टै स्टेशन निर्माण गरेको हो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकाको नेतृत्वमा रुस, युरोप, क्यानडा र जापान समाविष्ट छन् । चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न