रुसी खोप स्पुतनिक–भीलाई ब्राजिलमा प्रयोग गर्न अनुमति



कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ ।

रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको हो ।

कोरोनाभाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोनाभाइरसको महामारी न्युनिकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

विश्वभरी कोरोनाभाइरसका विरुद्धमा लाभदायक हुने भन्दै झण्डै एक दर्जन खोप प्रयोगमा आएको छ । तर ती मध्ये स्पुतनिक भी दोस्रो धेरै प्रयोग गरिएको खोप मानिन्छ ।

स्पुतनिक भी का विकासकर्ताहरुले सो खोप ९७.६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दावी गरेका छन् । उनीहरुले यो खोपको दिर्घकालिन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा