ट्रम्पमाथिको प्रतिबन्ध एक वर्ष लम्ब्याउने फेसबुकको घोषणा



सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने जनाएको छ ।

फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो ।फेसबुलकले आफ्नो साइटमा उल्लेख गरिएका नियम तोड्नेमाथि कस्तो कारवाही हुन्छ भन्ने ट्रम्पमाथि कारवाही गरेर पुष्टी गरेको जनाएको छ ।

गत जनवरीमा अमेरिकी संसद भवनमा भएको आक्रमणको भोलिपल्ट फेसबुकले ट्रम्पमाथि निलम्बन गरेको थियो । राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने क्रममा ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा गैरकानुनी रुपमा प्रवेश गरेर सांसदहरुमाथि आक्रमण गरेका थिए ।

सो हिंसात्मक गतिविधिलाई उक्साएको भन्दै फेसबुकले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । फेसबुकले सो नियम तोड्नेमाथि कम्तिमा दुई वर्षको प्रतिबन्ध लगाउने स्पष्ट पारेको छ ।

यता ट्रम्पले आफूमाथि अनावश्यक रुपमा प्रतिबन्ध लगाएको भन्दै फेसबुकको आलोचना गर्नुभएको छ । यस्तै अर्को सामाजिक सञ्जाल ट्वीटरले पनि ट्रम्पममाथि स्थायी रुपमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा