भारतमा थप एक लाख ३२ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् ।

भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ३६४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि अहिले कमी हुदै गएको छ । अहिले भारतमा दुई लाखभन्दा कम मात्रै सक्रिय सङ्क्रमितहरु रहेको जनाइएको छ ।

भारतमा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म तीन लाख ४० हजार ७०२ जनाको मृत्यु भएको छ । ती मध्ये दुई हजार ७१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा कूल ३५ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन २० लाख ७५ हजार नमुनाको परीक्षण गरिएको परिषदको भनाई छ । यसैबीच, भारतको स्वास्थ्य मन्त्रालयले देशभर २२ करोड ४१ लाख डोज खोप लगाइएको जनाएको छ जसमा एक डोज र दुई डोज लगाएका व्यक्ति सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव