चीनको सिनोभ्याक खोपलाई आकस्मिक प्रयोगको अनुमति



विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई आकस्मिक प्रयोग गर्न अनुमति दिएको छ । संगठनले चिनियाँ फर्मास्युटिकल कम्पनी सिनोभ्याक बायोटेकले विकास गरेको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।

योसँगै अब सिनोभ्याक १८ वर्ष र त्यसमाथिका उमेर समूहमा लगाउन सकिनेछ। यो पनि दुई मात्रामा पूरा हुने खोप हो। एक मात्रा लगाएको दुईदेखि चार हप्ताभित्र अर्को मात्रा लगाउनुपर्ने डब्ल्यूएचओले जनाएको छ।

यो खोपले सरुवा रोगको संक्रमण ५१ प्रतिशत रोक्ने डब्ल्युएचओले जनाएको छ । त्यस्तै कोरोना संक्रमितलाई जटिल हुन नदिन भने यसले शतप्रतिशत काम गर्ने डब्ल्यूएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट्स अन इम्युनाइजेसन (सेज)ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव

ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि

यसअघि ट्विटरको नामबाट चिनिने सामाजिक सञ्जाल पूर्णरूपमा एक्स डटकममा स्थानान्तरण भएको यसका मालिक