एक दम्पतीलाई तीन सन्तान जन्माउन दिने चीनको घोषणा



चीनले दुई सन्तान मात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ । सिन्ह्वा समाचार संस्थाका अनुसार सोमबार पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका थिए ।

यो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको हो । जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो ।

यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो। यो सङ्ख्या सन् २०१६ को एक करोड ८० लाखभन्दा कम हो र सन् १९६० को दशकयता सबैभन्दा कम हो ।

यस्तो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा गरिएको थियो । चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक जना बच्चामात्रै जन्माउन पाउने नीति थियो र सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियालीहरू युक्रेनमा लडिरहेको ‘झुटो’ आरोपलाई क्रेमलिनद्वारा अस्वीकार

मस्को । उत्तर कोरियाली सैनिकहरू सम्भवतः युक्रेनमा रुसी सेनाको साथमा लडिरहेको भन्ने सोलको

म्यान्मामा प्रख्यात विद्यार्थी नेता पक्राउ

  बैंकक । म्यान्माको सुरक्षा बलले व्यापारिक केन्द्र याङ्गुनमा रातको समयमा छापा मारी

२४ मुलुकका नेता र संयुक्त राष्ट्रसङ्घका महासचिव ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने

मस्को । क्रेमलिनका एक शीर्ष सहयोगीले रुसको कजान सहरमा यस महिना हुने ब्रिक्स शिखर

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई

बीबीसी । यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङले प्राप्त गर्ने भएकी