भारतमा कोभिडको नक्कली औषधि बेचेको आरोपमा ३५० जना पक्राउ



भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ । ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो । प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताएका छन् । हाल भारत कोभिडको घातक दोस्रो लहर नियन्त्रण गर्न सङ्घर्षरत छ ।

बितेको चौबीस घण्टामा भारतमा कोरोनाभाइरसका एक लाख ६५ हजार नयाँ सङ्क्रमित भेटिएका र सो अवधिमा ३,४६० जनाको ज्यान गएको बताइएको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २ करोड ७८ लाख नाघेको छ।

हाल त्यहाँ २१ लाख मानिसमा सक्रिय सङ्क्रमण छ । कोभिडका कारण भारतमा ज्यान गुमाउनेहरूको सङ्ख्या सवा तीन लाख नाघेको छ। अढाइ करोडभन्दा धेरै मानिस निको भइसकेका छन् । भारतमा हालसम्म २१ करोडभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव