‘यास’ चक्रवातले पूर्वी भारतमा ठूलो क्षति



पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यास नामक चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबारविहीन भएका छन् । चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा निकै प्रभाव पारेको छ । चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो ।

दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो । अघिल्लो साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको ज्यान लिएको थियो । भारत कोभिड–१९ को घातक महामारीको चपेटामा परेकै बेला यी प्राकृतिक विपद् आइपरेका छन् ।

यास चक्रवातले तटीय क्षेत्रमा तीव्र हावाहुरी तथा वर्षा निम्त्याएको छ । घरहरू भत्किएका छन् भने ठूल्ठूला छालले तटीय नगरहरूमा डुबान निम्त्याएका छन् । चक्रवात आउनु अगावै तटीय क्षेत्रबाट दश लाखभन्दा धेरै मानिसलाई उद्धार गरेर अन्यत्र लगिएको थियो । भारतीय मौसम विभागका पछिल्ला ट्वीटहरूमा चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको जनाएको छ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले त्यहाँ ३ लाख घरमा क्षति पुगेको र दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको बताइन् । एक जनालाई छालले समुद्रतर्फ बगाएको र अर्का चाहिँ घर भत्किएर मारिएको उनले बताइन् ।

ओडिशा राज्यमा रूख ढल्नाले दुई जनाको ज्यान गएको विवरण आएका छन् । कोभिड–१९ को सुरक्षा मापदण्डबमोजिम करिब १२ सय आश्रयस्थल बनाइएका छन् । तर दश लाख विस्थापितलाई राख्नुपर्दा त्यहाँ सामाजिक दूरी कायम गर्न कठिन हुने ठानिएको एएनआई समाचार एजेन्सीले जनाएको छ । बाङ्ग्लादेशमा १५ हजार मानिसलाई आश्रयस्थलमा पठाइएको बताइएको छ ।

अधिकारीहरूले त्यहाँ एकजना रूखले किचेर मारिएको जानकारी दिएको एएफपी समाचारसंस्थाले जनाएको छ । भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने ठानिएको छ । ओडिशाको भुवनेश्वर र पश्चिम बङ्गालको कोलकता विमानस्थलहरूले बुधवार सबै उडान रोकेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’ रहेको रुसको भनाई

मस्को ।  क्रेमलिनले उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ

भारतीय विदेशमन्त्री पाकिस्तानमा

इस्लामाबाद । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

वासिङ्टन । आइएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुनसक्ने चेतावनी दिँदै

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

लक्सेम्बर्ग । युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण