भारतमा थप एक लाख ९५ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोना संक्रमण पछिल्लो समय घट्दै गएको छ । दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि हुँदै गएकोमा पछिल्लो २४ घण्टामा ४० दिनयताकै थोरै एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि बढेर अहिले ८८ दशमलव ७ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक महिनाअघि १७ दशमलव १७ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १० दशमलव १७ प्रतिशतमा झरेको छ ।

सङ्क्रमण पुष्टि हुने र निको हुने दरमा सुधार आए पनि ज्यान गुमाउनेको सङ्ख्यामा भने धेरै सुधार नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा नयाँ सङ्क्रमणमा कम र निको हुने दर बढेपछि अस्पतालहरुमा अक्सिजन लगायतको अभाव कम हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियालीहरू युक्रेनमा लडिरहेको ‘झुटो’ आरोपलाई क्रेमलिनद्वारा अस्वीकार

मस्को । उत्तर कोरियाली सैनिकहरू सम्भवतः युक्रेनमा रुसी सेनाको साथमा लडिरहेको भन्ने सोलको

म्यान्मामा प्रख्यात विद्यार्थी नेता पक्राउ

  बैंकक । म्यान्माको सुरक्षा बलले व्यापारिक केन्द्र याङ्गुनमा रातको समयमा छापा मारी

२४ मुलुकका नेता र संयुक्त राष्ट्रसङ्घका महासचिव ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने

मस्को । क्रेमलिनका एक शीर्ष सहयोगीले रुसको कजान सहरमा यस महिना हुने ब्रिक्स शिखर

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई

बीबीसी । यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङले प्राप्त गर्ने भएकी