चीनमा दौडमा सहभागी २१ धावकको मृत्यु



पश्चिम उत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि एउटा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएको थियो ।

एक सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए । तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकिएको थियो । खोजी तथा उद्धारका लागि परिचालित टोलीहरूले आइतबार २१ वटा शवहरू फेला पारेका छन् ।

राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उद्धारमा १२ सय जनाभन्दा बढी मानिस परिचालित थिए । सहभागी धावकमध्ये १५१ जना जीवित फेला परेका अधिकारीहरूले पुष्टि गरेका छन् ।

तीमध्ये आठ जनालाई चोट लागेको छ । बाइयिन नगरका प्रमुखका अनुसार घटनाबारे छानबिन गर्न एउटा विशेष समूह गठन गरिएको छ । येलो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। त्यहाँ ढुङ्गाका मनमोहक स्तम्भहरू छन् । उक्त क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र पनि हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि