विश्वमा १६ करोड ७० लाखमा कोरोना संक्रमण,१४ करोड संक्रमणमुक्त,भारतमा संक्रमण घट्दैछ



कोरोना भाइरस संक्रमणबाट विश्वमा एकैदिन १० हजार ५ सय भन्दाबढीको मृत्यु भएको छ भने ५ लाख ६२ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म विश्वभर १६ करोड ७० लाख ४० हजार ७६६ मा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १ करोड ५६ लाख २१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९७ हजार ४ सय भन्दाबढीको अवस्था गम्भिर रहेको छ ।

त्यस्तै, १४ करोड ७९ लाख ५० हजार ९२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ७ लाख भन्दा बढी कोरोना संक्रमणमुक्त भएका हुन् ।हालसम्म ३४ लाख ६८ हजार ६५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख ३ हजार ८७६ जनाको मृत्यु भएको छ भने ३ करोड ३८ लाख ८२ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार ७७७ जनामा संक्रमण भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २ करोड ६५ लाख २८ हजार ८४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७८८ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमितको मृतक संख्या २ लाख ९९ हजार २९६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

  फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब

भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार

  भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले भारतले इरानमा रणनीतिक बन्दरगाह परियोजनाको लाभलाई सम्प्रेषित गर्नका