युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह



संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायल र प्यालेस्टाइनहरुलाई आग्रह गरेको छ ।

यही मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायल र प्यालेस्टाइहरु सहमत भएकाले शो युद्धविरामको अक्षरश पालना गर्न राष्ट्रसंघीय सुरक्षा परिषदले ध्यानाकर्षण गराएको हो ।

सुरक्षा परिषदले वार्ताबाटै समस्या समाधानका लागि पहल गर्ने र युद्धग्रस्त क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराएको अलजजिराले जनाएको छ ।

११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८ जनाको मृत्यु भएको थियो ।घटनामा करिब २ हजार जना घाइते भएका थिए । इजरायल र प्यालेस्टाइनहरुबीच चर्चको स्वामित्व विवादका कारण युद्ध भएको बताइएको छ । यसैबीच युद्धविराम भएपनि गाजा क्षेत्रमा दुई पक्षिय झडपहरु भएकोप्रति ध्यानाकर्षण भएको राष्ट्रसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण